नमस्कार, म छविलाल थापा, हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा BCA अध्ययनरत विद्यार्थी हुँ। यो मेरो छैठौं सेमेष्टरको कलेज प्रोजेक्ट हो। प्रविधिमा रुचि राख्ने र सामाजिक सचेतनामा विश्वास गर्ने व्यक्तिको नाताले मैले हाम्रो पोस्ट नामक यो अनलाइन समाचार पोर्टल निर्माण गरेको हुँ।

मेरो उद्देश्य प्राविधिक सीप प्रयोग गरेर देशका कुना-कुनामा रहेका जनताको आवाजलाई एक डिजिटल प्लेटफर्ममार्फत बाहिर ल्याउनु हो। हाम्रो पोस्टमा तपाईंले लगइन गरेर आफ्नो समाचार, विचार, व्लग, अनुभव, कथा, लेख वा मनाेरञ्जनात्मक सामाग्रीहरू पठाउन सक्नुहुन्छ। तर, तपाईंको सामग्री सिधै वेबसाइटमा देखिँदैन, एडमिनले समीक्षा गरी मात्र सार्वजनिक गरिनेछ। जसले गर्दा गलत सूचना फैलिन नदिने र सत्य-निष्पक्ष सामग्री मात्रै प्रकाशित हुने सुनिश्चित गर्दछ।

यो मेरो परियोजना मात्र होइन, मेरो सोच, प्रयास र समाजप्रतिको उत्तरदायित्व पनि हो। तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु: आउनुहोस्, हामी सबै मिलेर सत्य, निस्पक्ष र सकारात्मक सुचना सम्प्रेषण कार्य अघि बढाऔँ।

हामी सबैको आवाज बुलन्द पार्न चाहन्छौं, चाहे त्यो आवाज शहरको होस् वा गाउँको। तपाईंको सोच, विश्लेषण र दृष्टिकोणलाई सार्वजनिक गर्न चाहनुहुन्छ भने, हाम्रो पोस्ट तपाईंको आफ्नै मञ्च हो।


Privacy Policy