नेपालगन्ज — महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा नयाँ भर्ना हुन आउने विद्यार्थीको सजिलोका लागि स्ववियुले ‘हेल्प डेस्क’ संचालन सुरु गरेको छ। अब भर्ना प्रक्रिया, विषय छनोट, फाराम भर्ने तरिका जस्ता काममा जानकारी पाउन विद्यार्थीलाई कतै अलमलिनु पर्ने छैन।
स्ववियु अध्यक्ष केशर जंग शाहीका अनुसार, भर्ना अवधिभर हेल्प डेस्क निरन्तर खुला रहनेछ र त्यहाँ स्ववियुका पदाधिकारी, सदस्य तथा स्वयंसेवक विद्यार्थीहरूले मित्रवत् व्यवहारसहित सहयोग गर्नेछन्।
कोषाध्यक्ष सुरेन्द्र रावलले भने, “यो पहलले नयाँ विद्यार्थीको समय बच्नेछ र भर्ना प्रक्रिया अझ सहज र व्यवस्थित हुनेछ।”
विद्यार्थी र अभिभावक दुवैले यस्तो कदमलाई स्वागत गरेका छन्। तर केही विद्यार्थीहरूले क्याम्पसको नियमित पठनपाठन र कक्षाकोठाको सरसफाइमा पनि ध्यान दिन सुझाव दिएका छन्।
स्ववियु सचिव चिरञ्जीवी बुढाले भने, यसपालिको स्ववियु कार्यकाल इतिहासमा फरक र स्मरणीय हुने दाबी गर्दै विद्यार्थीको मन जित्ने शैलीमा काम गर्ने योजना सुनाएका छन्।
Nice